
नायिका कंगना रनावतको मुख्य भूमिका रहेको चलचित्र ‘थलाइवी’को ट्रेलर केही साता अगाडि सार्वजनिक भयो । सार्वजनिक ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको छ । बलिउडका समिक्षक तथा दर्शकले कंगनाको कामको प्रशंसा गरिरहेका छन् ।
उनै, कंगनाले सामाजिक संजालमा एक स्टाटस कोर्दै आफ्नो कामको तारिफ अक्षय कुमार जस्ता ठूला स्टारले पनि गरेको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्–‘बलिउडमा कसैले मेरो कामको तारिफ गर्दा पनि उसलाई समस्या हुने अवस्था छ । मलाई गोप्य रुपमा फोन र सन्देश आएका छन्, जहाँ अक्षय कुमार जस्ता ठूला स्टारले पनि मेरो कामको प्रशंसा गरेका छन् । तर, उनीहरु आलिया र दीपिकाको जस्तो मेरो चलचित्रको खुलेर तारिफ गर्न सक्दैनन् । किनभने, बलिउडमा मुभी माफियाको ठूलो भय छ ।’
कंगनाले बलिउडमा कलाको प्रशंसा भन्दा पनि यसमा राजनीति हुने गरेको उल्लेख गरेकी छिन् । बलिउडमा पनि कलाको प्रशंसा हुने हो भने कती राम्रो हुन्थ्यो भन्दै उनले यसमा राजनीति हुन नहुने बताएकी छिन् । तर, जती राजनीति भएपनि यसमा आफूले नै जित्ने कंगनाको भनाई छ ।
प्रतिक्रिया 4