Comments Add Comment

भिभोले ल्यायो नयाँ वर्ष लक्षित रेनि क्याम्पियन अफर

२६ चैत, काठमाडौं । स्मार्ट फोनको जगतमा विश्वव्यापीरुपमा अग्रणी स्थानमा रहेको भिभोले नेपाली नयाँ वर्ष २०७८ लाई लक्षित गरी देशभर रहेका खुद्रा आउटलेटहरुबाट आफ्ना ग्राहकहरुलाई अत्याधिक छुटका साथ उत्साहजनक उपहार अफर ल्याएकोछ । यो क्याम्पियन अफर अप्रिल ७ देखि २५ अप्रिल २०२१ सम्म रहनेछ ।

भिभोको भी सिरिज ह्यान्डसेट जस्तै भी २० (८ जीबी प्लस १२८ जीबी) भी २० एसई (८ जीबी प्लस १२८ जीबी) तथा वाई सिरिज स्मार्ट फोनको वाई ५१ (८ जीबी प्लस १२८ जीबी)
वाई १२ (३ जीबी प्लस ३२ जीबी) वाई ९१ सी (२ जीबी प्लस ३२ जीबी) यस क्याम्पियन अन्तर्गत उत्साहजनक तथा भव्य छुटका लागि अफर गरिने भिभोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भिभोका अनुसार उपलब्ध अफरको विवरण निम्म छन् :

  • भिभो भी २० को पर्चेच प्राइस ड्रप रु ३००० मा उपलब्ध हुनेछ । पहिलो १०० उपभोक्ता जसले भिभो भी २० खरिद गर्नेछ उसले उत्साहजनक गेमिङ हेडफोन जित्ने मौका पाउनेछ।
  • पहिलो १५० उपभोक्ता जसले भिभो भी २० एसई खरिद गर्नेछ उसले ब्लुतुथ स्पिकर घरमा भित्राउन पाउनेछन् ।
  • भिभो वाई २० (३ जीबी प्लस ३२ जीबी) को सबै खरिदकर्ताहरुलाई पर्चेच प्राइस ड्रप रु. १००० मा उपलब्ध हुनेछ ।
  • सबै ग्राहकहरुले भिभो वाई ९१ सीका खरिदका लागि पर्चेच प्राइस ड्रप रु. २००० मा लिन सक्नेछन् ।
  • ग्राहकहरुले भिभो वाई १२ एस रु. १००० छुटका साथमा खरिद गर्न सक्नेछन् ।
  • पहिलो १७०० ग्राहकहरु जसले भिभो वाई २० ( ४ जीबी प्लस ६४ जीबी), वाई २० एस, वाई ५१ स्मार्टफोन खरिद गर्नेछन् तिनीहरुले यस सिजनको आईपीएल जर्सी जित्ने मौका पाउने छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रथम क्रेता र यस्तै भाग्यशालि विजेताहरु बन्नका लागि प्रयोगकर्ताहरुले एकपटक उपकरण सक्रिय गरेर भिभोको सफ्टवयरमा स्कान गरेपछि छनौट हुने । आईपीएल जर्सी, गेमिङ हेडफोनहरु तथा ब्लुटुथ स्पिकरहरुमा २५ प्रतिशत टीडीएस लाग्नेछ यद्यपि यो टीडीएस रकम भिभोले भुक्तान दिनेछ ।’

वाई १२ एस को छुट अफर र बम्पर प्राइज यो नयाँ वर्षको लागि मात्र मान्य रहनेछ भने यो योजना अप्रिल ७ देखि २५ अप्रिल २०२१ सम्म मात्र लागु रहने भिभोले जनाएको छ । भिभोका अनुसार अर्कातर्फ प्राइस ड्रप क्याम्पियन भने नयाँ वर्षको क्याम्पियन सकियपछि पनि लागु रहिरहने र उपभोक्ताले भिभोको अत्याधुनिक प्रविधिको अनुभव सहुलियत मूल्यमा लिने अवसर प्राप्त गर्ने छ ।

नयाँ वर्षको अभियानको साथ भिभोले स्मार्टफोन सपिङका लागि पहिलेको भन्दा अझै सहज बनाउने र साथमा उच्च प्रविधिको स्मार्टफोन भि सिरिज र वाई सिरिज सहुलियत मूल्यमा आफ्ना ग्राहकहरुलाई उपलब्ध गराउने लक्ष्य लिएको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अनुसार सेल्फी र फोटोग्राफी इच्छुकहरुका लागि सिल्क डिजाइनमा अगाडि पछाडि क्यामरायुक्त अतुलनीय प्रविधि र पुरै आविष्कारलाई परिस्कृत गरी भि सिरिजको निर्माण गरीएको छ । अर्कातर्फ युवा वर्गामा लक्षित वाई सिरिज, यसमा रहेको अत्याधिक तथा लामो समयसम्म टिक्ने व्याट्री तथा एआइ क्यामरा सेटअपका कारण युवा उपभोक्ताहरुको मन जित्न सफल भएको कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment