Comments Add Comment

जापानव्‍यापी खुल्ला कविता प्रतियोगितामा विमन किराती प्रथम

२७ चैत, जापान । जापानव्‍यापी खुल्ला कविता प्रतियोगितामा गुन्मा केन निवासी विमन किराँती प्रथम भएका छन्। एनआरएन जापान कान्साइ क्षेत्रीय समितिले आयोजना गरेको प्रतियोगीतमा किराँतीले वाचन गरेको देशको रङ्ग शीर्षकको कविता प्रथम भएको हो ।

यस्तै कुमामोतो निवासी मन्जुल बराइलीले वाचन गरेको बेपत्ता पसिनाहरु शीर्षकको कविता दोस्रो भएको छ भने टोकियो निवासी सयपत्री थुलुङको उधारो सपना शीर्षकको कविता तृतीय भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमश: ५०,००० येन ३०,००० येन र २०,००० येनका साथै प्रमाणपत्र प्रदान गरिएको छ। यस्तै उत्कृष्ट १० भित्र पर्ने सबै कविताका सर्जकहरुलाइ आयोजकले प्रमाणपत्र प्रदान गरेको छ ।

प्रतियोगीतामा मार्च २८ राति १२ बजेसम्म जापान भरिबाट प्राप्त भएका ४९ वटा कविता समावेश गरिएको आयोजकले जनाएको छ ।

जापानमा बसोवास गर्ने साहित्यिक व्यक्तित्वहरुको प्रतिभा उजागर तथा हौसला प्रदान गर्ने उद्देश्यले एनआरएन कान्साईले जापानवासी नेपाली कविहरुलाई समेटने प्रयास गरेको प्रतियोगिताका संयोजक तथा स्मारिका प्रकाशन समिति प्रमुख नरेन्द्र बस्नेत(दिनेश)ले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment