२८ चैत काठमाडौं । च्याम्पियन एपीएफ टीमकी कप्तान सीता राना मगर ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी-२० क्रिकेटको उत्कृष्ट खेलाडी बनेकी छिन् ।
शनिबार एपीएफले सुदूरपश्चिमलाई ८ विकेटले हराउँदै उपाधि जित्दा सीताले नेतृत्वदायी भूमिका निर्वाह गरिन् । प्रतियोगितामा पाँच खेल खेलेकी उनले १२३ रन बनाउनुका साथै ५ विकेट लिएकी थिइन् । उनी सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिनेमा पाँचौ स्थानमा रहिन् । उनले चार खेलमा ब्याटिङ गर्दा एक अर्धशतक प्रहार गरिन् ।
सीताले नगद २५ हजार प्राप्त गरिन् ।
च्याम्पियन एपीएफकी बिनु बुढामगर उत्कृष्ट बलर घोषित भइन् । उनले ५ खेलमा सर्वाधिक १० विकेट लिइन् ।
यस्तै प्रदेश १ की कप्तान रुविना क्षेत्री बेस्ट ब्याट्सवुमन घोषित भइन् । उनले चार खेल खेल्दै एक अर्धशतकसहित सर्वाधिक १६१ रन बनाइन् । बिनु र रुविनाले १५-१५ हजार प्राप्त गरिन् ।
ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ क्यानको आयोजना भएको प्रतियोगितामा पाँच टिमले सिंगल राउण्ड रोविनमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया 4