+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गड्डाचाैकी नाकामा विशु पर्व मनाउन घर फर्कनेको लर्को

रासस रासस
२०७७ चैत २९ गते १४:०९
फाइल तस्वीर

२९ चैत, मेहन्द्रनगर । कोरोना कहरको त्रासदीका बीच भारतको विभिन्न क्षेत्रमा मजदुरीका लागि गएका सुदूरपश्चिमका वासिन्दा विशु पर्व मनाउन घर फर्किन थालेका छन् ।

भारतमा रोजगारीका लागि गएका अधिकांश व्यक्ति विशु पर्व (नयाँ वर्ष) मनाउन घर फर्किने गर्दछन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम, बाजुरालगायतका जिल्लामा मौलिक तरिकाले विशु पर्व मनाउने गरिन्छ ।

नयाँ वर्षको अवसरमा सुदूरपश्चिममा भव्य रूपमा मनाइने विशु पर्वको रौनक कोरोना कहरसँगै घटेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन सरकारले लकडाउन गरेपछि गत वर्ष पनि धार्मिक सांस्कृतिक वर्ष विशुको रौनक थिएन ।

यस पर्वमा विवाहित महिला माइत जाने गर्छन् । यस पर्वलाई यस क्षेत्रमा सपरिवार भेटघाट गर्ने पर्वका रूपमा समेत लिने प्रचलन रहिआएको साहित्यकार हेमबाबु लेखकले बताए ।

सुदूरपश्चिम क्षेत्रमा विशु पर्वका दिन सिस्नु लगाउने प्रचलन रहेको छ । खासगरी देवर र भाउजू तथा साली र भिनाजु एकापसमा सिस्नो लगाउने गरेको साहित्यकार लेखकको भनाइ छ । यसरी सिस्नो लगाउनाले वर्ष दिनभर कुनै पनि संकट नआउने जनविश्वास छ ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले गड्डाचौकी नाका हुँदै स्वदेश फर्किनेको भीड लाग्न थालेको छ । ‘अहिले दैनिक एक हजारभन्दा बढी मानिस भारतबाट आइरहेका छन्,’ उनले भने । सुनारका अनुसार गड्डाचौकीमा सबैको स्वास्थ्य परीक्षणका साथै कोरोनासँग मेल खाने लक्षण देखिए परीक्षण गर्ने गरिएको छ ।

एक सातायता गड्डाचौकी नाकाबाट घर फर्किने २६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको उनले बताए । ‘संक्रमितलाई एम्बुलेन्सबाट महाकाली अस्पताल पु¥याएर उपचार गर्ने प्रबन्ध मिलाएका छौं,’ उनले भने, ‘संक्रमित थपिँदै जाने देखिएकाले आइसोलेसन कक्ष बनाउने तयारी पनि छ ।’

गत चैत ८ गतेदेखि सीमामा स्वास्थ्य परीक्षण थालिएको उनले बताए ।

भारतमा केही दिनयता कोरोना संक्रमण उच्च दरमा बढेपछि कतिपय नेपाली कामदार स्वदेश फर्किन थालेका छन् । डडेल्धुराको पर्शुराम नगरपालिकाका वीरराम सुनारले आफू परिवारसहित विशु पर्वका लागि घर फर्किएको बताए । ‘चार महिनाअघि रोजगारीका लागि भारतको पञ्जाब गएको थिएँ,’ आइतबार बिहान घर फर्किदै गर्दा गड्डाचौकीमा भेटिएका सुनारले भने, ‘पञ्जाबमा पनि कोरोना निकै बढिरहेकाले पर्वको बहानामा घर फर्किएका हौं ।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?