+
+
WC Series
जनकपुर बोल्ट्स 2025
67/6 (11.2)
VS
५२ बलमा ८९ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

नागढुंगाबाट लागू औषधसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २९ गते १७:१५

२९ चैत, काठमाडौँ । काठमाडौँको नागढुंगा चेकप्वाईन्टबाटप्रहरीले लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ।

झापा बिर्तामोड निवासी ३३ वर्षीय लखन मुर्मुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

झापाबाट काठमाडौँ आउँदै गरेको बा ७ ख ६३८ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले उनको साथबाट ५ सय एम्पल र लुपिजेसिक बरामद गरेको छ ।

मुर्मुमाथि लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?