
३० चैत, काठमाडौँ । बंगलादेशले मुलुकमा बढ्दो कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई यात्रामा रोक लगाउने घोषणा गरेको छ ।
उक्त निर्णय बुधबारदेखि कार्यान्वयनमा आउनेछ । २० अप्रिलसम्म कायम रहने उक्त प्रतिबन्धको समयमा बिरामीको उद्धार, मानवीय सहायता र मालवाहक उडानलाई भने छुट दिइने बंगलादेशको हवाई उड्डयन प्राधिकरणले बताएको छ ।
गत मार्च महिनादेखि बंगलादेशमा निरन्तर कोरोना संक्रमण बढिरहेको छ । यसअघि बंगलादेशले कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै लगाएको नौ दिन लामो लकडाउन मंगलबार सकिँदैछ । यो लकडाउन थप एक साताका लागि लम्ब्याइएको हो ।
यसैबीच बंगलादेशका पूर्व प्रधानमन्त्री खलिदा जिया पनि कोरोना संक्रमित भएकी छिन् । बंगलादेशको विपक्षी पार्टी बंगलादेश नेशनालिस्ट पार्टीले उनी संक्रमित भएको जानकारी दिएको हो । जिया सन् २०१८ देखि आर्थिक अनियमितताको मुद्दामा जेलमा छिन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4