+
+

सुन पसलको सटर फोडेर चोरी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३० गते १८:१८

३० चैत, काठमाडौं । सुन पसलको सटर फोडेर गरगहना र नगद चोरी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एकजनालाई पक्राउ गरेको छ ।

म्याग्दीको मालिका गाउँपालिका–२ घर भई काठमाडौंको तारकेश्वर बस्दै आएका २८ वर्षीय दिलीप भनिने दिलबहादुर पुनलाई शनिबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

पुनमाथि २०७६ फागुन १८ गते राति पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–५ कांग्रेस चोकस्थित मोनिका सुनचाँदी पसलको सटर फोडेर करिब ७० तोला सुनका गहना र सात लाख रुपैयाँ नगद चोरी गरेको आरोप छ ।

पक्राउ परेका पुनलाई आवश्यक कारबाहीकाे लागि जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी पठाइएकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?