+
+
Shares

ठोरीमा हुलाकी राजमार्गको काम अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३० गते २१:२१

३० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीमा रोकिएको हुलाकी सडकको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

ठोरीबाट काठमाडौं आएको एक प्रतिनिधि टोलीले सोमबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री ओलीलाई भेटेर हुलाकी सडक निर्माण कार्य तत्काल अघि बढाउन माग राखेर ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले २/४ ओटा रुख र दुई चार कट्ठा जमिनका कारण राष्ट्रिय गौरवको आयोजना निर्माणमा अवरोध गर्न नहुने भन्दै तत्काल समस्या समाधान गरेर काम सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रतिनिधि टोलीका सदस्य हेम चापागाईंले अनलाइनखबरलाई बताए ।

प्रधानमन्त्री ओलीले ठोरीको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै ठोरी-माडीको विकासमा अवरोध भए आफूलाई जानकारी दिन ठोरीवासीसँग आग्रह गरेको उनले बताए ।

कार्यक्रममा ‘अधुरो हुलाकी सडक संघर्ष समिति’का अध्यक्ष जगेन्द्र पौडेलले हुलाकी सडक निर्माण अवरोधबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

सो क्रममा राम जन्मभूमि क्षेत्र विकास समितिका अध्यक्ष प्रकाश खनालले राम जन्मभूमि क्षेत्र ठोरीमा रामायण सर्किट निर्माणको बारेमा प्रस्ताव सहितको ज्ञापन पत्र बुझाएका थिए ।

यस अघि प्रतिनिधि टोलीले वनमन्त्री प्रेम आले र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई पनि ज्ञापन पत्र बुझाउँदै रोकिएको हुलाकी सडक निर्माण अघि बढाउन माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?