३१ चैत, काठमाडौं । काठमाडौंमा वैशाख ४ गतेदेखि हुने त्रिकोणात्मक क्रिकेट सिरिजका लागि मलेसियाको राष्ट्रिय टोली मंगलबार काठमाडौं आइपुगेको छ ।
प्रतियोगिताका लागि नेदरल्याण्डसको टोली पनि मंगलबार नै काठमाडौं आएको छ ।
कीर्तिपुरस्थित क्रिकेट रंगशालामा वैशाख ४ देखि ११ गतेसम्म नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच त्रिकोणात्मक टी-२० खेल हुँदैछ ।
प्रतियोगितामा नेपाल र मलेसियाको खेल वैशाख ६ हुनेछ । त्यसअघि उद्घाटन खेलमा नेपाल र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्नेछन् । तेस्रो खेल नेदरल्यान्ड्ससँग वैशाख ७ मा खेल्नेछ । लिग चरणको अन्तिम खेल भने वैशाख ९ गते मलेसियासँग खेल्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा लिगपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फाइनल खेल वैशाख ११ गते हुनेछ । यस सिरिजको तयारीका लागि नेपालका २० खेलाडी बन्द प्रशिक्षणमा छन् ।
प्रतिक्रिया 4