+
+

रोयटर्समा पहिलो महिला प्रधान सम्पादक

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३१ गते १६:२८

३१ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले आफ्नो १७० वर्षको इतिहासमा पहिलोपटक महिला प्रधान सम्पादक नियुक्त गरेको छ ।

रोयटर्सले इटालियन नागरिक ४७ वर्षीया एलेसान्ड्रा गालोनीलाई प्रधान सम्पादक नियुक्त गरेको हो । अहिले रोयटर्सको प्रधान सम्पादक स्टेफेन जे अड्लर छन् । उनी पछिल्लो एक दशकयता रोयटर्सको प्रधानसम्पादकको रुपमा छन् । उनको कार्याकालमा रोयटर्सले सयौं अवार्डहरु पाएको छ ।

चारओटा भाषामा दक्ष रहेकी गालोनीसँग रोयटर्स र वाल स्ट्रिट जर्नलमा बिजनेस तथा राजनीतिक समाचार लेखेको अनुभव छ । रोयटर्समा विश्वभर दुई हजार ४५० पत्रकार छन् । यो विश्वकै सबैभन्दा ठूलो समाचार एजेन्सीमध्येको एक हो ।

सन् २००८ यता रोयटर्स न्युज थमसन रोयटर्स कम्पनीको एक भागको रुपमा रहँदै आएको छ । थमसन रोयटर्स कम्पनीको समग्र आम्दानीमा रोयटर्स न्युजको करिब १० प्रतिशतको हिस्सा रहने गरेको छ ।

थमसन रोयटर्स कम्पनीका सीईओ स्टिभ हस्करले विज्ञप्ति जारी गर्दै कम्पनी रोयटर्स न्युजको भविष्य राम्रो बनाउन प्रतिबद्ध रहेको बताए । उनले स्वतन्त्र, निष्पक्ष र विश्वव्यापी पत्रकारितामा अडिग रहने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?