Comments Add Comment

बार्यनलाई अवे गोलमा पछि पार्दै पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

१ वैशाख, काठमाडौं । साविक विजेता बार्यन म्युनिखलाई अवे गोलको आधारमा पराजित गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बार्यन म्युनिखसँग १-० ले पराजित भए पनि समग्रमा नतिा ३-३ को बराबरी हुँदा पीएसजी अवे गोलको आधारमा अघि रहेको हो ।

पीएसजीले पहिलो लेगमा बायर्नलाई ३-२ ले हराएको थियो ।

दोस्रो लेगमा पीएसजीको मैदानमा बायर्नलाई जित दिलाउन एरिक म्याक्सिम चौपो मोटीङले गोल गरे । उनले खेलको ४० औं मिनेटमा गोल गरेका थिए ।

पीएसजी लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्दा साविक विजेता बायर्न भने क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

गत सिजन बायर्नले फाईनलमा पीएसजीलाई नै पराजित गर्दै उपाधि जितेको थियो । पीएसजीले त्यसको बदला समेत लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment