+
+

नयाँ वर्षको पहिलो बिहानी !

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ वैशाख १ गते ९:१६

विक्रम संवत् २०७८ सालको सुरुवात भएको छ । क्यालेण्डरले पाना फेरेसँगै हामीले एउटा चरम त्रासदीको कालखण्डयुक्त वर्षलाई बिदाइ गरेका छौं । अर्थात् हामीले एउटा सौर्यमासको चक्र पूरा गरेर नयाँ चक्र सुरु गरेका छौं । आजकै दिनदेखि नयाँ संवत्सरको समेत सुरुवात भएको छ ।

सामान्यतया संवत् भनेको समयको गणना हो । यसको गणना कतै सूर्यको गतिको आधारमा हुन्छ भने कतै चन्द्रमाको गतिको आधारमा । अहिलेको जस्तो घडीको सुरुवात नभएको समयमा सूर्यको आधारमा समय निर्धारण हुने चलन थियो । यही सूर्य र चन्द्रले एक चक्र पूरा गरेपछि वर्ष फेरिएको मानियो । यसरी नै अहिले पनि मीन राशिमा रहेको सूर्यले एक चक्र पूरा गरेर मेष राशिमा प्रवेश गरेसँगै नयाँ वर्षको सुरुवात भएको हो ।

नेपालमा सरकारी कामकाजको संवत्को रुपमा समेत रहेको यो संवत्को नयाँ वर्ष सुरु भएसँगै नयाँ ऊर्जा र उत्साह थपिएको छ ।

विश्वभर अझै पनि कोरोना भाइरसको जोखिम जारी छ । तर पनि यो नयाँ वर्षलाई बिर्सिएर मान्छेले नयाँ सालको स्वागत गरिरहेका छन् । वसन्त ऋतुको यो प्रेमिल समयमा पर्ने नयाँ वर्षको सुरुवाती बिहानी पनि सुनौलो घामसँगै भएको छ ।

यो वर्षको जोखिमकाबीच नयाँ वर्षले भने एउटा नयाँ उत्प्रेरणाको प्रादुर्भाव गराएको छ । यसरी सुरु भयो नयाँ वर्षको सुरुवाती विहानी ।

 

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?