+
+

ओटीटीमा १३५ करोडमा बिक्यो कार्तिकको ‘धमाका’

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १ गते १६:२९

बलिउड नायक कार्तिक आर्यनको मुख्य भूमिका रहेको चलचित्र ‘धमाका’ ओटीटी प्लेटफर्ममा विक्री भएको छ । बलिउडमा निकै राम्रो क्रेज बनाएका कार्तिकको यो चलचित्र ओटीटीमा पनि महंगो मुल्यमा विक्री भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो चलचित्र नेटफ्लिक्सबाट रिलिज हुनेछ । यसका लागि यो चलचित्रलाई नेटफ्लिक्सले १३५ करोड रुपैयाँ तिरेको भारतीय मिडियाले दाबी गरेका छन् ।

ओटीटी प्लेटर्फममा सबैभन्दा महंगो रकममा विक्री भएको बलिउड चलचित्रको रुपमा कार्तिकको ‘धमाका’ अगाडि देखिएको छ । नायक अक्षय कुमारको ‘लक्ष्मी’ ११० करोडमा विक्री भएको थियो । भारतमा कोरोनाको दोश्रो लहर फैलिएपछि फेरि विभिन्न प्रान्तमा लकडाउन हुन थालेको छ ।

यसले, बलिउड चलचित्रको रिलिज नै अन्यौलमा परिरहेको अवस्थामा कार्तिकको यो चलचित्र भने महंगो रकममा विक्री भएको छ । यो चलचित्रलाई राम माधवनीले निर्देशन गरेका हुन् ।

कार्तिक चुलिदो लोकप्रियताका कारण नेटफ्लिक्सले महंगो रकममा यो चलचित्र किनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?