२ वैशाख काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) का लागि धनगढी एफसीले अफ्रिकन खेलाडी आफिज ओलावालेलाई अनुबन्ध गरेको छ ।
धनगढीले बिहीबार ओलावालेलाई अनुबन्धित गरेको जनाएको छ । नाइजेरियन फरवार्ड ओलावाले बिहीबारै नेपाल आइपुगेका छन् ।
धनगढीले बिहीबार नै नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई आइकोनिक प्लेअरको रुपमा अनुबन्धन गरेको छ ।
किरण र ओलावालेको अनुबन्धले धनगढी टिम बलियो देखिएको छ ।
ओलावालेसंग यसअघि नेपालको डूला टिमबाट ए डिभिजन लिग खेलेको अनुभव पनि छ । उनले मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार र रानी पोखरी कर्नर टिमबाट खेलिसकेका छन् । साथै उनले भारत र बंगलादेशको शीर्ष लिगसमेत खेलिसकेका छन् ।
धनगढीको मार्की प्लेअरमा विशाल राई छन् । यस्तै धनगढीले बिहीबारै राष्ट्रिय टिमका पूर्व खेलाडी युगल किशोर राईलाई मुख्य प्रशिक्षकको रुपमा अनुब्नन्ध गरेको छ ।
नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज फुटबल एनएसएल वैशाख ११ देखि जेठ १ गतेसम्म सञ्चालन हुनेछ ।
लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
एनएसएलका लागि धनगढीको टिम
गोलकिपर : टेकेन्द्र थापा, किरण चेम्जोङ (आइकोनिक प्लेअर)
डिफेण्डर : अशोक खवास, विवेक बस्नेत, दिनेश राजवंशी, निराजन महर्जन, निशान खड्का, युद्ध शाही
मिडफिल्डर : विशाल राई (मार्की प्लेअर), पुजन उपरकोटी, रुपेश केसी, साउजन राई, योगेश गुरुङ
फरवार्ड : विजय श्रेष्ठ, दर्शन गुरुङ, टंक बस्नेत, ओलावाले आफिज (विदेशी खेलाडी)
प्रतिक्रिया 4