Comments Add Comment

पारस खड्काले त्रिकोणात्मक सिरिज गुमाउने

३ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउण्डर पारस खड्काले भोलिबाट सुरु हुने त्रिकोणात्मक सिरिज गुमाउने भएका छन् ।

नेपाल, नेदरल्याण्ड्स र मलेसियाको यो सिरिज भोलि शनिबारदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सुरु हुनेछ । तर कुममा लागेको चोेटका कारण उनले सिरिज नखेल्ने भएका छन् ।

आइतबार अभ्यास खेलमा क्याच लिने क्रममा उनको कुममा चोट लागेको थियो । पाँच दिनदेखि चिकित्सकको निगरानीमा रहेका आफूलाई अझै दुईदेखि तीन साता आराम गर्न भनिएको पूर्व कप्तान खड्काले जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘मैले यो प्रतियोगिता गुमाउन सक्छु, तर मलाई विश्वास छ, हाम्रो टोली पूर्णरुपमा यो प्रतियोगिता जित्न सक्षम छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment