+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

फ्लोर क्रस राजनीतिक अपराध हो : यमलाल कँडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३ गते १८:५८

३ वैशाख, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले पार्टीका जिम्मेवार नेताहरुले नै राजनीतिक अपराध गरेको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार कर्णाली प्रदेशसभामा नेकपा एमालेका चार जना सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि कँडेलले ती सांसदप्रति आक्रोश पोखेका हुन् ।

नेता कँडेलले जिम्मेवार नेताबाटै यस्तो क्रियाकलाप हुने आफूले नसोचेको बताए । ‘पार्टीका जिम्मेवार नेताहरुले नै राजनीतिक अपराधको पराकाष्ठा प्रस्तुत गर्नुभएको छ, यो गलत हर्कत हो, यो राजनीतिक अपराध हो’, कँडेलले भने, ‘अब हामी विधानअनुसार नै चल्नेछौँ ।’

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशसभामा शुक्रबार विश्वासको मत मागेका थिए । एमाले संसदीय दलले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरे पनि सांसदहरु प्रकाश ज्वाला, अम्बरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले फ्लोर क्रस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?