Comments Add Comment

मन्त्रिमण्डल पुनर्गठन गर्दै मुख्यमन्त्री शाही, कांग्रेस पनि सरकारमा जाने

४ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् ।

नेपाली कांग्रेस र फ्लोर क्रस गरेर विश्वासको मत दिएका नेकपा एमालेका सांसदहरुलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले बताइन् ।

प्रमुख सचेतक नेपालीका अनुसार मुख्यमन्त्री शाहीले अबको एक साताभित्र मन्त्रिमण्डल पुनर्गठन गर्ने गरी नेताहरुसँग छलफल अगाडि बढाएका छन् ।

‘प्रदेशको सत्ता समीकरण नयाँ ढंगले अघि बढेको छ, मुख्यमन्त्रीज्यू संकटका बेला आफूलाई साथ दिने दल र नेताहरूलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गर्ने गरी छलफलमा जुट्नु भएको छ,’ प्रमुख सचेतक नेपालीले अनलाइनखबरसँग भनिन् ।

अल्पमतमा परिसकेका मुख्यमन्त्री शाहीलाई अन्तिम समयमा आएर नेपाली कांग्रेस र एमालेको माधव नेपाल समूहका चारजना सांसदले विश्वासको मत दिएका थिए ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न र आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट बनाउनका लागि पनि मुख्यमन्त्रीले तत्कालै सरकार पुनर्गठन गर्न आवश्यक रहेको मुख्यमन्त्रीका समन्वय विज्ञ झक्क मल्ल बताउँछन् । ‘मुख्यमन्त्रीज्यू मन्त्रीमण्डल पुनर्गठनको गृहकार्यमा जुटिसक्नु भएको छु,’ समन्वय विज्ञ मल्लले भने ।

कुन मन्त्रालय कसलाई दिने भन्नेबारे छलफल भइरहेको मल्लले बताए । ४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि ३९ सदस्यीय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment