+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कोरोनाविरुद्धको दोस्रो डोज भोलिदेखि (खोप लगाउने स्थान र तालिकासहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ६ गते ७:१२

६ वैशाख, काठमाडौं । सरकारले मंगलबारबाट कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गर्दै छ । खोप अभियान सुरु भएपछि पहिलो डोज लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार  कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ४ लाख ३९ हजार जनालाई दोस्रो मात्रा दिइने बताए । पहिलो डोज जुन कम्पनीको खोप लगाएको हो, दोस्रो डोज पनि त्यही खोप लगाउनु पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले २०७७ साल माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । माघ १४ देखि फागुन १० गतेसम्म पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाइएको थियो ।

यस्तो छ खोप तालिका

मन्त्रालयले कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउने तालिका नै सार्वजनिक गरेको छ ।

यी हुन् खोप लगाउने स्थान

खोप लगाउन काठमाडौं उपत्यकाभित्र १९ अस्पताल तोकिएको छ । वीर अस्पताल, प्रसूति अस्पताल थापाली, शुक्रराज अस्पताल टेकु, सिभिल अस्पताल मिनभवन, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौं मेडिकल कलेज सिनामंगलमा जानुपर्ने छ ।

यसैगरी हिमाल अस्पताल ज्ञानेश्वर, ह्याम्स अस्पताल धुम्बाराही, त्रिवि शिक्षण अस्पताल अस्पताल महाराजगञ्ज, स्तुपा अस्पताल बौद्ध, गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी, ओम अस्पताल चाबहिल, जनमैत्री अस्पताल बालाजु, मदरल्याण्ड अस्पताल जडिबुटी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, सशस्त्र प्रहरी अस्पताल बलम्बु र नेपाल प्रहरी अस्पताल पानीपोखरीमा गएर पनि खोप लगाउन सकिने छ ।

खोप लगाउने समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निर्धारण गरिएको छ ।

चिकित्सक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक तथा सहचालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, सबै सरकारी कार्यालयका कर्मचारी, बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, कुटनीतिक नियोगका कर्मचारीहरुलाई दोस्रो मात्रा खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?