Comments Add Comment

युरोपियन सुपर लिगको घोषणा

६ वैशाख, काठमाडौं । युरोपमा नयाँ फुटबल प्रतियोगिता युरोपियन सुपर लिग (ईएसएल) को घोषणा भएको छ । युरोपका उत्कृष्ट १२ क्लब मिलेर आइतबार युरोपियन सुपर लिगको घोषणा गरेका हुन् ।

स्पेनिस क्लब रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो परेज अध्यक्ष रहने गरी स्थापना गरिएको सुपर लिगको संस्थापक क्लबमा इंग्ल्यान्डको प्रिमियर लिगका सर्वाधिक ६ क्लब रहेका छन् । प्रिमियर लिगबाट म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहम छन् ।

यस्तै स्पेनबाट बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिड तथा इटालीबाट युभेन्ट्स, इन्टर मिलान र एसी मिलान छन् ।संस्थापक क्लबमा थप ३ क्लब थपेर १५ बनाइने समेत बताइएको छ ।

सुपर लिगका लागि १५ संस्थापक क्लब र लिगमा गरेको प्रदर्शनका आधारमा ५ क्लब थप गरी २० क्लबले प्रतिस्पर्धा गर्ने तयारी छ ।

यस सिजन सुपर लिग अगष्टमा शुरु गर्ने तयारी छ । सहभागी २० क्लबलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहको शीर्ष तीन क्लब सिधै क्वार्टरफाइनलमा छनोट हुनेछ । चौथो र पाँचौं हुनेले प्लेअफ खेल्नेछ ।

ईएसएलले नयाँ प्रतियोगिताका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएसँग छलफल अघि बढाइने जनाएको छ ।

तर फिफा र युइएफएले भने ईएसएल खेल्ने क्लब र खेलाडीलाई प्रतिबन्ध लगाउने खतरा बढेको छ ।

यूईएफएले यस अघि नै यस प्रतियोगिता आयोजना नगर्न र प्रतियोगितामा सहभागी खेलाडीले अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने बताईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment