Comments Add Comment
मुख्यमन्त्री पोखरेलको काउन्टर : :

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री

६ वैशाख, काठमाडौं । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेशसभा सदस्य मुख्यमन्त्री शंकर पोखरेलतिर लागेका छन् ।

उनीहरुले अपरान्ह ४ बजे मन्त्री पदको शपथ लिने मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।

सोमबार माओवादी केन्द्रले समर्थन फिर्ता लिएर मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ सांसदको हस्ताक्षर थियो । तर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकामध्ये विजय यादव, सन्तोष पाण्डे र सुमन रायमाझीले सरकारलाई समर्थन गरेको र मन्त्री बन्न तयार भएको स्रोतको दाबी  छ ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेकी जसपा प्रदेशसभा सदस्य कल्पना पाण्डे पनि मन्त्री बन्ने भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment