Comments Add Comment

फुकुवा होला फेसबुकमा ट्रम्पमाथिको प्रतिबन्ध ? फैसलामा ढिलाई

६ वैशाख, काठमाडौँ । फेसबुकको सर्वोच्च अदालत भनिने निगरानी बोर्डले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेसबुक र इन्स्टाग्राममा लागेको प्रतिबन्ध फुकुवा हुने नहुने बारे अन्तिम निर्णय गर्नमा ढिलाई गरेको छ ।

अमेरिकी संसद भवनभित्र ट्रम्प समर्थकहरुले हिंसा मच्चाएसँगै गत जनवरीमा फेसबुक र इन्स्टाग्रामले ट्रम्पमाथि प्रतिबन्ध लगाएका थिए । ट्रम्पमाथिको प्रतिबन्धको मुद्दामा आम सर्वसाधारणबाट प्राप्त ९ हजार भन्दा धेरै प्रतिक्रियाहरुको समीक्षामा समय लागेका कारण फैसला सुनाउन ढिलाई भएको ओभरसाइट बोर्डले जनाएको छ ।

यसअघि अप्रिल २१ मा ट्रम्पमाथिको प्रतिबन्धका विषयमा निर्णय सुनाउने बताइएको भएपनि सो मिति टर्ने पक्का भएको हो । आगामी केही हप्तामै यस विषयमा अन्तिम निर्णय सुनाइने बोर्डले ट्वीटरमा सार्वजनिक गरेको आफ्नो विज्ञप्तीमा जनाएको छ ।

ट्रम्पमाथि फेसबुक र इन्स्टाग्रामले लगाएको अनिश्चितकालीन प्रतिबन्धका विषयमा निगरानी बोर्डले गर्ने फैसलालाई उक्त बोर्ड गठन पछिकै सबैभन्दा ठूलो र दूरगामी महत्वको फैसला मानिएको छ ।

प्रयोगकर्ताका बारेमा फेसबुकले गरेका विभिन्न निर्णयहरुमध्ये सबैभन्दा कठीन वा विवादास्पद निर्णयमाथि पुनरावलोकन गरी अन्तिम फैसला दिनका लागि फेसबुकले स्वायत्त तथा सर्वोच्च निगरानी बोर्ड गठन गरेको थियो ।

२० सदस्यीय उक्त बोर्डमा विश्वका विभिन्न देशका राजनीतिज्ञ देखि पत्रकार, मानव अधिकारवादी, वकिल र प्राध्यापक लगायतका छन् । जसमा डेनमार्कका पूर्व प्रधानमन्त्री हेल्ले थोर्निंग स्कमिडिट सहित ४ जना सह अध्यक्ष छन् ।

अहिलेसम्म उक्त बोर्डले विभिन्न ९ वटा मुद्दामा फैसला सुनाइसकेको छ । बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment