+
+

विद्युतीय कारोबारलाई प्राथमिकता दिन राष्ट्र बैंकको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ६ गते २१:२४

६ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कोरोना संत्रक्रमणबाट जोगिन भन्दै ९ बुँदे निर्देशन जारी गरेको छ । सोमबार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सकेसम्म विद्युतिय माध्यमबाट कारोबार गर्ने व्यवस्था मिलाउन बैंकहरुलाई निर्देशन दिएको छ ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै कर्मचारीहरुलाई आवश्यकताका आधारमा समूह विभाजन गरी घरबाटै काम (वर्क फ्रम होम) गराउन, सेवाग्राहीहरुको भौतिक दूरी कायम गरेरम ात्रै सेवा प्रवाह गर्न तथा एटिएम बुथहरुको ढोका समेत खुलै राख्न निर्देशन दिएको छ ।

मास्क तथा स्यानिटाइजर अनिवार्य प्रयोग गर्न लगाई स्वास्थ्य सम्बन्धी प्रोटोकलहरु सबै कडाईका साथ पालना गराउन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

हेर्नुस बैंकहरुका लागि जारी गरिएको ९ बुँदे निर्देशनः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?