+
+

गरिमा विकास बैंकले ९ महिनामा कमायो ६७ करोड ८२ लाख नाफा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ७ गते १०:२८

७ वैशाख, काठमाडौं । मोफसलमा जन्मिएर काठमाडौंमा वलियो बनेका गरिमा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३६.६३ प्रतिशतलेम मूनाफा बढाएको छ । गरिमाले तेस्रो त्रैमास अर्थात चालु आर्थिक वर्षको चैत मसान्तसम्म ६७ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकको वितरण योग्य मुनाफा ७ करोड ७३ लाख रुपैयाँबाट बढेर ४९ करोड २ लाख रुपैयाँ पुगेको भने बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी ९.६४ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा ३६.९७ प्रतिशत बढेको देखिएको छ ।

गरिमाको प्रतिशेयर आम्दानी ४ रुपैयाँ २७ पैसा बढेर २४ रुपैयाँ ६० पैसा पुगेको छ । बैंकको खराब कर्जा भने थोरै बढेको छ । कर्जा लगानी बढाएसँगै निस्कृय कर्जाको मात्रा भने ०.३४ प्रतिशतविन्दु बढेर ०.५८ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?