+
+
Shares

लक्ष्मी बैंकको नयाँ वर्ष अफर : ओरेन्ज सेभिङ प्लस खातामा ४.५ प्रतिशत ब्याज

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ७ गते १९:३३

७ वैशाख, काठमाडौं । लक्ष्मी बैंकले नयाँ वर्ष २०७८ सालको अवसरमा आफ्ना ग्राहकका लागि ४.५ प्रतिशत ब्याज दरसहितको अन्य आकर्षक सुविधा भएको बचत खाता सञ्चालनमा ल्याएको  छ ।

बैंकका अनुसार प्रिमियम बचत खाता ओरेन्ज सेभिङ प्लसबाट ग्राहकहरूले अब ४.५ प्रतिशत वार्षिक ब्याज दरको साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

ओरेन्ज सेभिङ प्लस खाता भएका ग्राहकले १ लाख रुपैयाँसम्मको वार्षिक स्वास्थ्य बिमा र १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्‍यु/अक्षमता बिमा सुविधा पाउन सक्ने बैंकले जनाएको छ ।

डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि नि:शुल्क जारी गर्नुका साथै लक्ष्मी बैंकको डेबिट कार्ड नेपाल भर कुनै पनि एटीएममा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार नयाँ वर्षको अफर अन्तर्गत वैशाख महिनाभर ओरेन्ज सेभिङ प्लस खाता खोल्ने ग्राहकले लक्ष्मी  बैंकको प्रि-पेड डलर कार्ड ‘ओरेन्ज कार्ड’  नि:शुल्क प्राप्त गर्नेछन् । सो अफर ओरेन्ज सेभिङ प्लस वर्तमान ग्राहकहरुको लागि पनि लागू हुनेछ ।

यसै गरी विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीका लागि ल्याइएको विशेष खाता “शुभश्री लक्ष्मी बचत खाता” मा पनि विभिन्न सुविधाका साथमा ४.५ प्रतिशतको उच्च ब्याज दर प्रदान गरिरहेको बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?