+
+
Shares

९ वर्ष मुनिका ४३ बालबालिकामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ८ गते १८:२६

८ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा १९३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार  ० देखि ९ वर्ष उमेर समूहका ४३  र १० देखि १९ वर्ष उमेर समूहका भने १५० बालबालिका कोरोना संक्रमित भएका हुन् ।

यस्तै देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ८९ हजार ७८७ पुगेको छ । उनीहरुमध्ये १० हजार ५८२ सक्रिय संक्रमित छन् ।

बुधबार थपिएका नयाँ संक्रमितमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकाबाहिर बाँकेका २२५, रुपन्देहीका १२४, कास्कीका ८८, पर्साका ८१, दाङका ७४, बाग्लुङका ५३ र सुर्खेतका ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?