+
+

काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा वर्षा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ९ गते ७:११
फाइल तस्वीर

९ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा पानी परिरहेको छ ।

स्थानीय र पश्चिमी वायुको प्रभावले गण्डकी, वागमती र प्रदेश २ मा पनि पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पानी पर्ने क्रम केही घण्टापछि रोकिने अनुमान छ । बिहान पौने ६ बजे गरिएको मापनअनुसार काठमाडौंमा १.८ मिलिमिटर पानी परेको छ । ‘पश्चिमी वायुको सिस्टमको मुभमेन्ट छिटो छ र यो पूर्वउत्तरतिर सरिरहेकाले केहीबेरमै पानी पर्ने क्रम रोकिन्छ’, मौसमविद प्रतिभा मानन्धरले भनिन् ।

मौसमविदका अनुसार आज दिनभर देशैभर बादल लाग्ने र पानी पर्ने क्रम चल्ने सम्भावना छ । पश्चिम क्षेत्रमा भने भोलि पनि मौसम बदलीसँगै वर्षाको सम्भावना छ ।

अहिले प्रिमनसुन अवधि भएकाले केही स्थानमा हावाहुरी र चट्याङ समेत पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?