
९ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एकजना महिलाको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-१ की ६५ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि मंगलबार उनी अस्पतालमा भर्ना भएकी थिइन् । अस्पताल भर्ना भएसँगै गरिएको पीसीआर परीक्षणमा बुधबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ ।
यसअघि बिहीबार बिहान नेपालगञ्ज उपमहानगरपालिका-१७ की ८६ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4