Comments Add Comment

अहिले पनि म एमालेको उपाध्यक्ष नै हुँ : बामदेव गौतम

१० वैशाख, काठमाडौं । नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले स्थायी कमिटी सदस्य मनोनित गरेका बामदेव गौतमले आफू अहिले पनि एमालेको उपाध्यक्ष भएको बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको बैठकबाट गौतमलाई स्थायी कमिटी सदस्य चयन गरिएको थियो ।

तर, अध्यक्ष केपी शर्मा ओलीले आफूखुशी स्थायी कमिटी सदस्य चयनको निर्णय गरेको गौतमले निकट नेताहरुलाई बताएका छन् । ‘म एमालेको वैधानिक केन्द्रीय उपाध्यक्ष हुँ । कहिले सदस्य बनाउने, कहिले स्थायी कमिटी बनाउने भन्ने हुन्न’, गौतमको भनाइ उधृत गर्दै उनीनिकट एक नेताले भने । ओली र गौतमबीच विहीबार साँझ मात्रै डिनर वार्ता भएको थियो ।

उक्त वार्ताबारे पनि गलत प्रचार गरिएको भन्दै गौतमले खण्डन गरेका थिए । शुक्रबार बसेको बैठकले फेरि स्थायी कमिटी सदस्यमा चयन गर्ने निर्णय गरेको छ ।

तर, यो निर्णयको कुनै अर्थ नरहने गौतमको भनाइ छ । ५ पुसमा साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि गौतमले राष्ट्रिय एकता अभियान गठन गरेर छुट्टै गतिविधि गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment