Comments Add Comment

आईपीएल क्रिकेट : पञ्जाबसँग मुम्बई ९ विकेटले पराजित

११ वैशाख काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किंग्ससँग ९ विकेटले पराजित भएको छ ।

कप्तान तथा ओपनर लोकेश राहुल र करिस गेलले उत्कृष्ट ब्याटिङ गरेपछि पञ्जाबले मुम्बईले दिएको १३२ रनको लक्ष्य १७.४ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो ।

पन्जाबको जितमा लोकेश राहुलले अविजित ६० रन बनाए । उनले ५२ बल खेल्दै समान ३ छक्का र चौका प्रहार गरे । यस्तै क्रिस गेलले ३५ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा अविजित ४३ रन योगदान गरे । मायांक अग्रवालले २५ रन बनाए ।  मुम्बईका राहुल चाहरले १ विकेट लिए ।

त्यसअघि चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १३१ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ५२ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ६३ रन बनाए ।

यस्तै सूर्यकुमार यादवले ३३ रन बनाए भने काएरन पोलार्डले अविजित १६ रन जोडे । पन्जाबका रवि बिस्नोई र मोहमद शामीले २–२ विकेट लिए भने दीपक होडा र अश्रदीप सिंहले समान १ विकेट लिए ।

लिगमा दोस्रो जित हात पारेको पञ्जाब ५ खेलबाट ४ अंक जोड्दै पाँचौ स्थानमा रहेको छ । उता साविक विजेता मुम्बईको यस सिजन यो तेस्रो हार हो । ५ खेलबाट ४ अंक नै रहेको मुम्बई राम्रो रनरेटको आधारमा चौथो स्थानमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment