Comments Add Comment

कुशल मल्ल : टी-२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने कान्छा खेलाडी

१२ वैशाख, काठमाडौं । युवा अलराउण्डर कुशल मल्ल टी-२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । घरेलु मैदानमा शनिवार सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गर्दै उनले यो कीर्तिमान बनाएका हुन् ।

कुशल मल्लको नाममा ओडिआईमा पनि अर्धशतक बनाउने कान्छो खेलाडीको कीर्तिमान छ ।

शनिवार टी-२० अन्तर्राष्ट्रियमा करियरकै पहिलो अर्धशतक प्रहार गर्दा कुशलको उमेर १७ वर्ष ५० दिन थियो । उनले २ दिनले मात्रै यो कीर्तिमान आफ्नो नाममा बनाए ।

यसअघि यो रेकर्ड युगान्डाका ब्याट्सम्यान फ्रान्क आकांकवासाको नाममा रहेको थियो । उनले गत वर्ष फेब्रुअरीमा १७ वर्ष ५२ दिनका हुँदा कतार विरुद्ध ६६ रन बनाउँदै उक्त कीर्तिमान बनाएका थिए ।

सन् २०१९ मा टी-२० अनतर्राष्ट्रियमा डेब्यु गरेका कुशलले नेपालका लागि १०औं टी-२० खेल्दै अर्धशतक बनाए । चौथो नम्बरमा ब्याटिङ गरेका कुशलले २४ बल खेल्दै २ चौका र ५ छक्का मद्दतमा अविजित ५० रन बनाए ।

उनले ओपनर अर्का कशुल भुर्तेलसँग मिलेर तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए भने चौथो विकेटका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीसँग ७५ रनको साझेदारी गरेका थिए ।

यसअघि नेपालका अर्का खेलाडी सन्दिप जोराको नाममा पनि यो कीर्तिमान थियो । जोराले सन् २०१९ जनवरीमा युएई विरुद्ध टी-२० अन्तर्राष्ट्रियमा डेब्युमा अविजित ५३ रन बनाउँदै कान्छो अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका थिए । त्यसबेला जोरा १७ वर्ष १०३ दिनका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment