
१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्नेछ ।
एक अधिकारीले अनलाइनखबरसँग भने, ‘यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागू गर्ने प्रस्तावबारे छलफल भइरहेको छ । के–के बन्द र के–के खुला गर्ने भन्ने कुरा केहीबेरमा टुंगिन्छ ।’
सीसीएमसीले पनि १६ गतेदेखि निषेधाज्ञा लागू गर्न सुझाव दिएको थियो ।
संयुक्त बैठकअघि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह सचिव महेश्वर न्यौपानेसँग परामर्श गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4