
१६ वैशाख, धनगढी । सेती प्रादेशिक अस्पतालकाे काेभिड अस्थायी अस्पतालमा उपचाररत थप दुई जना काेराेना संक्रमितकाे मृत्युु भएकाे छ ।
संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका कैलालीकाे घाेडाघाेडी नगरपालिका- १० का ६० वर्षीय पुरूष र लम्कीचुहा नगरपालिका-२ का ३३ वर्षीय पुरूषकाे मृत्युु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बुधबार अस्पताल भर्ना भएका घाेडाघाेडीका संक्रमितकाे आइसियूमा उपचार भइरहेकाे थियाे । श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त उनलाई निमाेनिया समेत भएको थियाे ।
लम्कीचुहाका संक्रमित बैशाख १४ गते अस्पताल भर्ना भएका थिए । उनमा पनि निमाेनिया रहेकाे अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4