+
+

कोरोना संक्रमणबाट भारतीय नागरिकको वीरगञ्जमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते १०:५४

१९ वैशाख, वीरगञ्‍ज । कोरोना संक्रमणबाट वीरगञ्जमा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । भारतको बिहार मधुवनी घर भएका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतक पुरुष बाराको जितपुरसिमरा-२३ स्थित डाबर नेपालको लेखापालका रुपमा कार्यरत थिए । श्‍वास–प्रश्वासमा समस्या देखिएपछि वैशाख ५ गते नारायणी अस्पतालमा पीसीआर परीक्षण गराइएको थियो । भोलिपल्ट रिपोर्ट आउँदा पोजेटिभ देखिएको थियो ।

रिपोर्ट आएकै दिन उपचारका लागि उनलाई नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा आइतबार बिहान ४: ०० बजे उनको मृत्यु भएको नारायणी बयोधा अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?