Comments Add Comment

अपाङ्गमैत्री समाज कसरी निर्माण हुन्छ ?

चार तलाको भवनमा माथि जानका लागि भ¥याङ हुन्छ, लिफ्ट हुन्छ, एस्केलेटर हुन्छ । किन ? किनभने अधिकांस मान्छेको खुट्टा छ ।

यदि त्यो लिफ्ट, भ¥याङ नभएको भए ? सवालाङ्ग व्यक्तिलाई पनि त चार तलामाथि जान कठिन हुन्थ्यो । जबकी चरालाई यस्तो कठिन हुँदैन । किनभने चरासँग पखेटा छ । त्यसो भए यी भ¥याङ, लिफ्टहरु त्यही मान्छेले निर्माण गरेका हुन्, जो हिँड्न सक्छन् । अर्थात उनीहरुले आफु अनुकुल यस्तो संरचना बनाएका हुन् ।

यसो गर्दा अपाङ्गता भएका व्यक्तिहरु सधै छुट्छन् । उनीहरुको सहजता, सुविधा वा अनुकुलतालाई ध्यान दिइदैन ।

विश्वका समुन्नत मुलुकहरुमा यस्तो समस्या हुँदैन । त्यहाँ कुनैपनि कुराको योजना तय गरिदा, नीति निर्माण बनाइदा, भौतिक संरचना तयार गरिदा अरु सबै किसिमका व्यक्तिहरुको अवस्थालाई मूल्यांकन गरिन्छ । सबैको सुविधा र सहजतालाई हेरिन्छ । जस्तो म युरोपको कुरा सुनाउँछु ।

लण्डनमा पढ्दाको कुरा हो यो । जुन विश्वविद्यालयमा म पढ्थें, त्यहाँ म बस्ने ठाउँबाट कक्षा कोठासम्म पुग्नका लागि पाँच मिनेट जति हिँड्नुपथ्र्यो । सुरुमा म हिँड्दा गाडी रोक्ने बेरियर हुन्थ्यो । सेतो छडीले बाटोको सतह मात्र टेकिने र अगाडि कस्तो तगारो छ भन्ने थाहा हुँदैनथ्यो । त्यसैले म हिँड्दा बेरियर मेरो पेटमा पथ्र्यो । त्यसैले त्यहाँ पुगेपछि मलाई एकदमै सर्तक हुन जरुरी थियो कि, बेरियरमा ठोक्किएला कि भनेर ।

साथै त्यस बाटोमा घुम्ती कस्तो थियो भने, सतहमा पिच र छेउमा घास मात्र । एक्कसी टर्न लिएर हिँड्नुपथ्र्यो । भिजुअल लेआउट किसिमको बाटो थियो । मेरो स्टिकले केही पत्तो पाउँदैनथ्यो कि मैले कहाँ पुगेर टर्निङ लिने हो ।

यो कुरा जब मेरो विश्वविद्यालयका प्राध्यापकहरुले थाहा पाए, तब उनीहरुले मेरो अनुकुलको बाटो बनाइदिए । जबकी विश्वविद्यालयमा म मात्र दृष्टिविहिन विद्यार्थी थिएँ । एक जना विद्यार्थीका लागि उनीहरुले बाटो नै बनाउनु वा भौतिक संरचना नै परिवर्तन गर्नु हाम्रो निम्ति अनौठो र अपत्यारिलो कुरा थियो । प्राध्यापकहरु भन्थे, ‘एक जना मात्र दृष्टिविहिन भनेर हुँदैन । अरु विद्यार्थी जस्तै सहज रुपमा हिँडडुल गर्न सक्नु तिम्रो अधिकार हो । त्यही भएर तिम्रो सुविधाको लागि हामीले बाटोको संरचना परिवर्तन गरिदिएको हो ।’

मेरो समस्या थाहा पाएको एक हप्ताभित्रै मेरो निम्ति त्यहाँ बाटो तयार भइसकेको थियो । बाटोमा केही सांकेतहरु राखिएको थियो, जसले गर्दा मलाई बाटोको अवस्थाबारे भेउ पाउन सजिलो भयो । ठूलो घुम्ती भएको ठाउँमा चाहिँ आकर्षक फूलको गमला राखेका थिए । मेरो स्टिकले गमलामा ठोक्किनसाथ टर्निङ लिनुपर्छ भन्ने मैले थाहा पाएँ । सुन्दर गमलाको फूलले बाटो पनि सुन्दर देखियो, मलाई पनि सहज भयो । थोरै मात्र विवेक पु¥याउँदा वा मानविय व्यवहार समान हुँदा कति फरक पार्ने रहेछ ?

यस्ता कति कुरा छन्, जसलाई हामी यसरी नै कलात्मक हिसाबले बदल्न सक्छौं ।

झट्ट हेर्दा अपाङ्गता भएका व्यक्तिका सुविधाका लागि मात्र बनाइएको लाग्न सक्छ, तर त्यसले अरुलाई पनि सहज बनाउन र  मोहित तुल्याउन सक्छ ।

ह्वील चियरमा हिँड्ने व्यक्तिका लागि बनाइएको संरचना बालबच्चा, बुढाबुढी, गर्भवती सबैका लागि अनुकुल हुन्छ । फोनको टेक्स म्यासेज पनि बहिरा साथीहरुका लागि भनेर दिइएको हो ।

अहिले युनिभर्सल डिजाइनको कुरा आउँदैछ । यो यस्तो किसिमको डिजाइन हो कि, जुन सबैका लागि सहज हुन्छ । विशेषत सार्वजनिक स्थान, अस्पताल, कार्यलय आदिमा यस्तो डिजाइन जरुरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment