
१९ वैशाख, बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद विस्तार गरेका छन् ।
मुख्यमन्त्री पोखरेलको सिफारिसमा बैजनाथ चौधरी आर्थिक मामिला तथा योजना र प्युठानका हरि रिजाल स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका हुन् ।
बैजनाथ यसअघि आर्थिक मामिला तथा योजनामन्त्री नै थिए भने रिजाल पहिलोपटक मन्त्री बनेका हुन् ।
यस्तै जनता समाजवादी पार्टीको कारवाहीमा परेर विजयवहादुर यादव भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री र सन्तोष पाण्डे भौतिक पुर्वाधार विकास मन्त्री नियुक्त भएका छन् ।
वैशाख ६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका उनीहरूसहित चार जना मन्त्री बनेका थिए । तर जसपाले कारबाही गरेपछि चारै जनाको सांसद पद खारेज भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4