Comments Add Comment

हात्ती प्रजनन् केन्द्रकी नारायणकलीले जन्माई छावा

Photo Credit : तस्वीर : चितवन राष्ट्रिय निकुञ्‍ज

२०, वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्‍जको सौराहास्थित हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा नारायणकली नामको हात्तीले छावा जन्माएकी छे ।

गएराति नारायणकलीले छावा जन्माएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । सुत्केरी हात्ती र भाले बच्चा स्वस्थ रहेको अधिकारीले बताए । प्रजनन् केन्द्रमा चालु आर्थिक वर्षमा जन्मिएको हात्तीको यो दोस्रो छावा हो । सुत्केरी हात्तीको स्याहारका लागि तीनजना हात्तीसार कर्मचारी खटाइएको छ ।

नारायणीकली हात्ती निकुन्जकै बगई माडी सेक्टर कार्यालय माडीमा खटिएको बेला गर्भवती भएको कारण कामकाज फिर्ता गरी खोरसोर प्रजनन् केन्द्रमा राखेर स्याहारसुसार गरिएको थियो । नारायणीकलीले यसअघि माडी गज र लक्की गज नामका दुई हात्तीलाई जन्माइसकेकी छे ।

दुवै हात्ती गैंडा गणनामा समेत सहभागी थिए । खोरसोरमा यो नवजात छावा हात्तीसँगै १० वटा हात्ती छावा पुगेका छन् । साथै निकुञ्‍जमा चितवनका ५१ वटा र ६ कोशी टप्पु वन्यजन्तु आरक्षबाट कामकाजमा खटिएका गरी जम्मा ५७ वटा हात्ती पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment