
२० वैशाख, बुटवल । कोरोना संक्रमित पूर्वभूमिसुधार सहायकमन्त्री प्रकाश चित्रकारको उपचारको क्रममा निधन भएको छ ।
चित्रकारको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा सोमबार बिहान निधन भएको हो । सिद्धार्थनगर नगरपालिका–७ का स्थायी बासिन्दा चित्रकार ज्ञानेन्द्र शाहको शासनकालमा भूमिसुधार सहायकमन्त्री बनेका थिए ।
अस्पतालका सूचना अधिकृत सुशील गुरुङका अनुसार उनी शनिबार अस्पतालमा भर्ना भएका थिए । उनमा निमोनिया र श्वासप्रश्वासको समस्या थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4