Comments Add Comment

१३ नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाइने, १० दिन क्वारेन्टिन अनिवार्य

बाँकेको जमुनाह नाका । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर ।

२० वैशाख, काठमाडौं । भारतबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकका लागि सरकारले १३ वटा नाका तोकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार विदेशी नागरिकको आवतजावतलाई बन्द गरिएको छ भने नेपाली नागरिकको हकमा १३ वटा नाका तोकिएको हो ।

मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नेपाल–भारतको पशुपतिनगर, काँकरभिट्टा, मोरङको रानी, महोत्तरी भिट्टामोड, रौतहटको गौर, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, कलिवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा, दार्चुलाको पुलघरा, बैतडीको झोलाघाटा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्रै नेपालीलाई प्रवेश गर्न दिइनेछ ।

यसरी आउने नागरिकको व्यवस्थापन प्रदेश सरकारको समन्वयमा स्थानीय तहले गर्नुपर्ने भनिएको छ । गृह मन्त्रालयका एक अधिकारीका अनुसार भारतबाट आउने सबैको एन्टिजेन परीक्षण गर्नुपर्ने नेगेटिभ आए मात्रै सम्बन्धित स्थानीय तहमा पठाउने भनिएको छ ।

नेगेटिभ आए पनि उनीहरु १० दिन अनिवार्य होम क्वारेन्टिनमा बस्नुपर्नेछ । र, त्यसको अनुगमनको जिम्मेवारी पनि स्थानीय तहलाई दिइएको छ । सरकारले २३ गतेदेखि वैशाख मसान्तसम्मका लागि अन्तर्राष्ट्रिय उडान पनि बन्द गरेको भने भारतसँग चाहिँ दुईवटा उडान जारी राख्ने निर्णय भएको छ ।

तर, भारतबाट आउने व्यक्तिहरु पनि अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ । त्यसको निरीक्षण, अनुगमन तथा व्यवस्थापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयसँगको समन्वयमा हुने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment