Comments Add Comment

बाँकेमा पछिल्लो १९ दिनमा ९७ संक्रमितको मृत्यु

२० वैशाख, काठमाडौं । बाँकेमा वैशाख यता कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ९७ जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापनले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार १९ दिनमा ९७ जनाको मृत्यु भएको छ । जसमध्ये ४१ जना महिला र ५६ जना पुरुष छन् । यो अवधिमा २ हजार ४३२ महिला र २ हजार ९६१ जना पुरुष गरी कुल ५ हजार ३९३ जनामा संक्रमण पुष्टि भएको छ । यो तथ्यांक वैशाख १ देखि १९ गतेसम्मको हो ।

तथ्यांक अनुसार बाँकेमा औसतमा प्रतिदिन ५ जनाको मृत्यु हुने गरेको देखाएकाे छ । वैशाख १ गते यता सबैभन्दा बढी वैशाख १६ र १९ गते १२/१२ जना संक्रमितको मृत्यु भएको छ भने १२ र १४ गते १०/१० जना संक्रमितको मृत्यु भएको तथ्यांकले देखाएको छ ।

वैशाख १८ गते ९ जना, वैशाख १७ गते ८ जना, वैशाख ११ गते ६ जना, वैशाख १३ गते ५ जना, वैशाख १३ गते ५ जना संक्रमतिको मृत्यु भएको छ । वैशाख ५ र १५ गते ४/४ जना संक्रमितको मृत्यु भएको छ भने वैशाख ७ देखि ९ गतेसम्म ३/३ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ । यसै गरी वैशाख ६ र १० गते २/२ जना र वैशाख १ देखि ४ गतेसम्म १/१ जना संक्रमितको मृत्यु भएको छ ।

बाँकेका मात्रै ६९ संक्रमितको मृत्यु

वैशाख १ गते यता कोरोना संक्रमणबाट बाँके जिल्लाका मात्रै ६९ जनाको मृत्यु भएको छ । जसमध्ये ३३ महिला र ३६ जना पुरुष छन् ।

वैशाख १६ र १९ गते बाँकेका मात्रै ९/९ जना संक्रमितको मृत्यु भएको छ भने वैशाख १२ गते ८ जना, वैशाख १४ गते ७ जना वैशाख ११ गते ६ जना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । वैशाख १७ र १८ गते ५/५ जना, वैशाख १३ र १५ गते ४/४ जनाको मृत्यु भएको छ । वैशाख ६ र ७ गते ३/३ जनाको मृत्यु भएको छ भने वैशाख ८ गते २ जनाको मृत्यु भएको छ । वैशाख २, ५, ९ र १० गते १/१ जना संक्रमित भएको तथ्यांकमा उल्लेख छ ।

१९ दिनमा १,६२४ जना डिस्चार्ज

वैशाख १ गते यता १ हजार ६२४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ७२३ जना महिला र ९०१ जना पुरुष निको भएर डिस्चार्ज भएका हुन् । तथ्यांक अनुसार निको हुने दर ३०.११ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment