Comments Add Comment

सेती प्रादेशिक अस्पताललाई ९८ वटा अक्सिजन सिलिण्डर सहयोग

फाइल तस्वीर

२० वैशाख, धनगढी । सुदूरपश्चिममा अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउन थालेपछि ह्युमानिटी फाउण्डेसनले यहाँका अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गर्न थालेको छ । फाउण्डेसनले सोमबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई नेपालगञ्जबाट खरिद गरेर ल्याइएका ९८ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।

ह्युमानिटी फाउण्डेसनका संस्थापक सदस्य समेत रहेका महासचिव दीर्घराज उपाध्यायले फाउण्डेसनमा आवद्ध सदस्यहरुको व्यक्तिगत लगानीमा खरिद गरेर ल्याइएका अक्सिजन सिलिण्डर अस्पताललाई हस्तान्तरण गर्ने काम भइरहेको जानकारी दिए । ‘हामीले तीन दिनको अथक प्रयासपछि आफ्नै लगानीमा कोरोना संक्रमितका लागि अक्सिजन सिलिण्डर खरिद गरेका थियौँ,’ उपाध्यायले अनलाइनखबरसँग भने, ‘आजदेखि यहाँका अस्पतालहरुलाई वितरण गर्न सुरु गरेको छौँ । बिहान सेती प्रादेशिक अस्पताल अस्पताललाई ९८ थान सिलिण्डिर उपलब्ध गराएका छौँ ।’

उपाध्यायले डडेल्धुरा अस्पताललाई २२ वटा र कैलालीको टीकापुर अस्पताललाई २० वटा सिलिण्डर वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिए । कञ्चनपुरको महाकाली अस्पताललाई पनि फाउण्डेसनले ८० थान अक्सिजन सिलिण्डर सहयोग गर्ने जनाएको छ ।

कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको सुदूरपश्चिममा अक्सिजन नपाएर संक्रमितले अकालमै ज्यान गुमाइरहेका बेला फाउण्डेसनले अस्पतालमा सिलिण्डर दिन लागेको हो ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरी दम्पत्तीले अक्सिजन नपाएपछि निजी अस्पतालबाट खरिद गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment