+
+

वीरगञ्जमा कोरोना संक्रमित पुरुषको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २१ गते १२:५४

२१ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–१६ बस्ने २६ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना संक्रमणको दोस्रो लहर चलेसँगै वीरगञ्जको नारायणी अस्पतालमा मात्रै २८ जनाको मृत्यु भएको छ ।

तीन दिनदेखि भेन्टिलेटरमा रहेका उनको मंगलबार बिहान साढे ११ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक सरोज रोशन दासले जानकारी दिए । डाक्टर दासका अनुसार मृतक युवकमा कुनैपनि दीर्घ रोग थिएन ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई वैशाख १६ गते नारायणी अस्पतालमा ल्याइएको थियो । सोही दिन गरिएको एन्टिजीन परीक्षण पोजेटिभ देखिएको थियो । कोभिड निमोनियाका कारण दुवै फोक्सोले काम नगरेपछि उनको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?