Comments Add Comment

माल्दिभ्समा बोल्ड फोटोसुट गराएकी जाह्नवीले दिइन् स्पष्टीकरण

भारत यतिबेला कोरोनाको दोश्रो लहरको चपेटामा छ । दैनिक लाखौं मानिस यसबाट संक्रमित भैरहेका छन् । यसैबीच, केही समय अगाडि बलिउडका कलाकारहरु बिदा मनाउनका लागि भन्दै माल्दिभ्स पुगेका थिए । उनीहरुले माल्दिभ्सको तस्वीर शेयर गरेपछि सामाजिक संजालमा चर्को आलोचना पनि भयो । केही बलिउड कलाकारले यसको विरोध पनि गरे ।

नायिका जाह्नवी कपुर पनि माल्दिभ्स पुगेकी थिइन् । उनका केही बोल्ड फोटोहरु पनि सार्वजनिक भएका थिए । यसैबीच, जाह्नवीले सामाजिक संजालमा एक म्यागेजिनको कभर फोटो सार्वजनिक गर्दै आफ्नो बोल्ड फोटोसुटको बारेमा जानकारी दिएकी छिन् ।

जाह्नवीले यो फोटोसुट आफूले लकडाउन अगाडि नै गराएको जानकारी दिएकी छिन् । उनले लेखेकी छिन्–‘पहिलेबाट नै पक्का गरिएको यो फोटोसुट लकडाउन अगाडिको हो । हामीले फोटोसुटका क्रममा सबै किसिमका सावधानी अपनाएका थियौं । आशा गर्दछु कि, तपाइँहरु सबै सुरक्षित रहनुभएको छ । बलियोसँग यो भाइरसको सामना गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment