+

पूर्व क्योकुसिन कराँते खेलाडी बज्राचार्यको निधन

२०७८ वैशाख  २१ गते १७:५९ २०७८ वैशाख २१ गते १७:५९
पूर्व क्योकुसिन कराँते खेलाडी बज्राचार्यको निधन

२१ वैशाख, काठमाडौं । क्योकुसिन कराँतेका पहिलो ब्याचका खेलाडी रामजीप्रसाद बज्राचार्यको मंगलबार निधन भएको छ । उनको कोरोना संक्रमणका कारण निधन भएको हो ।

वैशाख १६ गते कोरोना संक्रमित भएपछि बज्राचार्यलाई उपचारका लागि गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था खराब बनेपछि १९ गते थप उपचारका लागि उनलाई नेपाल एपीएफ अस्पतालमा भेन्टिलेटरमा राखी उपचार गरिएको क्योकुसिनका पूर्वखेलाडी दीपक महर्जनले जानकारी दिए ।

स्वर्गीय बज्राचार्यले सन् १९८२ मा सिंगापुर र १९८४ मा इन्डोनेसियामा भएको अल एसिया फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । इन्डोसिनामा उनले कास्य पदक जितेको क्योकुसिन कराँतेका संस्थापक जगतप्रदान गौचनले बताए ।

२०३९ सालदेखि क्योकुसिन कराँते खेल्न थालेका बज्राचार्य दुई पटक आफ्नो तौलसमूहमा राष्ट्रिय च्याम्पियन बनेका थिए ।

नेपाल फुल कन्ट्याक्ट कराँते महासंघका वरिष्ठ उपाध्यक्ष बज्राचार्यको २०१२ साल वैशाख २६ गते ललितपुरको सातदोबाटोमा जन्म भएको थियो । स्वर्गीय बज्राचार्यका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय