Comments Add Comment

युवकको हत्या आरोपमा पत्नी र भाइ पक्राउ

२१ वैशाख, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा युवकको हत्या आरोपमा पत्नी र भाइसहित चार जना पक्राउ परेका छन् ।

गत शुक्रबार राति हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको हत्या भएको थियो । हत्या आरोपमा उनकै पत्नी २३ बर्षीया सुशीला देवी, भाइ अनिल मण्डल र अरु दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शम्भु केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट फर्केका थिए । उनको हत्याको घटनापछि फरार रहेका पत्नी सुशीला र भाइ अनिललाई उदयपुर सदरमुकाम गाईघाटबाट नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले बताए । उनीहरु एक मन्दिरमा बसेको अवस्थामा पक्राउ परेका थिए ।

पक्राउ परेका अरु दुई जनाले भने देवर भाउजुलाई भगाउन सहयोग गरेको मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment