Comments Add Comment

गेटा मेडिकल कलेजमा आइसोलेसन बनाइँदै, नेपाली सेनाले थाल्यो काम

२२ वैशाख, धनगढी । निर्माणाधीन गेटा मेडिकल कलेजमा निर्मित भवनलाई संक्रमितको उपचार र सम्भावित संक्रमितको व्यवस्थापनका लागि आइसोलेसन बनाउने काम मंगलबारदेखि सुरु भएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मेडिकल कलेजमा दुई हजार जना अटाउने क्षमताको आइसोलेसन निर्माणको काम नेपाली सेनाले थालेको जानकारी दिए ।

पहिलो चरणमा तत्काल पाँच सयजना अटाउने आइसोलेसन निर्माण गरिने भएपनि पछि आवश्यकताका आधारमा थपिँदै लैजाने उनले बताए । प्रजिअ रिजालका अनुसार धनगढी उपमहाननगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा आइसोलेसन निर्माण भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment