
२२ वैशाख, बुटवल । बुटवलमा उपचार गराइरहेका थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एकजना रुपन्देहीका र दुईजना गुल्मीका हुन् । वैशाख २० गते कोरोना संक्रमण पुष्टि भइ २१ गते लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएकी सैनामैना नगरपालिका-३ की ६९ वर्षीया महिलाको सोही दिन दिउसो ४ बजे मृत्यु भएको अस्पतालले बुधबार प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
यस्तै गुल्मीको रुरु गाउंपालिका ५ का ४५ वर्षिय पुरुष २१ गते कोरोना विशेष अस्पताल भर्ना भएकामा सोही राती ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनमा वैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
यस्तै वैशाख २१ गते कोरोना संक्रमण भएपछि सोही दिन लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका गुल्मीकै कालिगण्डकी गाउंपालिका ७ का ५५ वर्षिय पुरुषको बुधबार बिहान ३ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
प्रतिक्रिया 4