Comments Add Comment

कोरोनाको दोस्रो लहरमा वीरगञ्जका अस्पतालमा ४३ जनाको मृत्यु

२२ वैशाख, वीरगञ्ज । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि वीरगञ्जका अस्पतालमा ४३ जनाको मृत्यु भएको छ । वीरगञ्जमा बुधबार २ जना कोरोना संक्रमितको मृत्यु भएपछि चैत ३१ देखि वैशाख २२ गते बुधबार बिहानसम्म ४३ जनाको मृत्यु भएको अस्पतालहरुले जनाएका छन् ।

वीरगञ्जको नारायणी अस्पतालमा ३२, नारायणी बयोधा अस्पतालमा ५, नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा ५, र गण्डक अस्पतालमा १ जनाको मृत्यु भएको हो ।

बुधबार बाराको महागढीमाई नगरपालिका–२ बरियारपुरका ५२ वर्षीय पुरुष र पर्साको बहुदरमाई नगरपालिका– ३ कि ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।

बुधबार दिउँसो १ः५० बजे वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा ५२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । उनी वैशाख २० गते कोरोना संक्रमण पुष्टी भई होम आइसोलेसनमा थिए । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि बारामा १३ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै वीरगञ्जको एडभान्स अस्पतालमा उपचारको क्रममा ४५ वर्षीया महिलाको मृत्यु भएको हो । रुघाखोकी र ज्वरो देखिएपछि उनलाई वैशाख २० गते उनलाई एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । कोरोना संक्रमण पुष्टी भएकै दिन उनको मृत्यु भएको छ ।

योसँगै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट वीरगञ्जमा ७ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment