Comments Add Comment

पोखरामा उपचाररत ४ जना संक्रमितको मृत्यु

फाइल तस्वीर

२३ वैशाख, काठमाडौं । कास्कीको पोखरामा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार बुधबार राति र बिहीबार बिहान गरी कुल ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिकाका तीन जना र म्याग्दीको धौलागिरि गाउँपालिकाका एकजना छन् ।

चरक अस्पतालमा पोखरा महानगरपालिका–३ का ८७ वर्षीय पुरुषको वैशाख २२ गते बुधबार मृत्यु भएको उनले बताए । उनीमा वैशाख २१ गते संक्रमण पुष्टि भएको थियो ।

मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका–२९ का ४१ वर्षीय पुरुष, वडा नम्बर १७ की ७३ वर्षीय पुरुष र म्याग्दीको धौलागिरि गाउँपालिका–२ की ७२ वर्षीया महिलाको मृत्यु भएको उनले बताए ।

डा. शर्माका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार बिहान ६ः५५ बजे मृत्यु भएको हो । उनीमा वैशाख २२ गते बुधबार संक्रमण पुष्टि भएको थियो ।

पोखराकै ७३ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । उनीमा वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो ।

म्याग्दीकी ७२ वर्षीया महिलाको बिहीबार बिहान ७ः१० मृत्यु भएको डा. शर्माले बताए । उनीमा वैशाख २२ गते संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment