+

युरोपा लिग : म्यानचेष्टर युनाइटेड र भियारियाल फाइनलमा

२०७८ वैशाख  २४ गते ९:५४ २०७८ वैशाख २४ गते ९:५४
युरोपा लिग : म्यानचेष्टर युनाइटेड र भियारियाल फाइनलमा

२४ वैशाख, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र स्पानिस क्लब भियारियाल युरोपा लिगको फाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनलको दोस्रो लेगमा इटालियन क्लब एएस रोमासँग ३-२ ले पराजित भएपनि समग्रमा ८-५ को नतिजासहित युनाइटेड उपाधि नजिक पुगेको हो । पहिलो लिग युनाइटेडले ६-२ ले जितेको थियो ।

David de Gea made a series of stunning saves

रोमाको घरेलु मैदान रोममा भएको खेलमा घरेलु टिमका लागि एडिन जेको र ब्रायन क्रिस्टियनले गोल गरे । युनाइटेडका टेलेसले आत्मघाती गोल उपहार दिए । यस्तै म्यानचेष्टर युनाइटेडका लागि एडिनसन कभानीले दुई गोल गरे ।

Manchester United's Edinson Cavani (right) celebrates scoring against Roma

ओले गनर सोल्सायर व्यवस्थापक बनेयता म्यानचेष्टर कुनै पनि प्रतियोगिताको फाइनल पुगेको यो पहिलो पटक हो ।

यस्तै अर्को इंग्लिस क्लब आर्सनल भने पहिलो लेगमा बेहोरेको गोलले गर्दा अभागी भयो । घरेलु मैदानमा भएको दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपछि आर्सनल स्पानिस क्लब भियारियलसँग समग्रमा २-१ ले पराजित भयो ।

घरेलु मैदानमा भएको पहिलो लिग भियारियालले २-१ ले जितेको थियो । दोस्रो लिगमा कुनै गोल हुन सकेन । युरोपा लिगको फाइनल २६ मेमा पोल्याण्डको स्टाडिओन मेइस्कीमा हुदैछ ।

भियारियाल म्यानचेष्टर युनाइटेड युरोपा लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय